मादक पदार्थ सेवन गरि कुटपिट गर्दा एक जनाको मृत्यु

लोकपथ
210
Shares

काठमाडौं । संखुवासभामा कुटपिट गरि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पाँचखपन नगरपालिका-३ सिरिसे बस्ने ८० वर्षीय आइत बहादुर राईको कुटपिट गरि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४३ वर्षीय विष्णु तामाङलाई आइतवार राति प्रहरीले पक्राउ गरेको छ ।

शनिवार राति तामाङले मादक पदार्थ सेवन गरि राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमवार मृत्यु भएको हो ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले कुटपिट गर्ने तामाङलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?