काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् ।
योसँग नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ६ लाख ६८ हजार २ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ४२ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । योसँग नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ८ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना संक्रमित र संक्रमणमुक्त हुनेको अन्तर १ हजार ४ सय ९ रहेका छन् । पछिल्लो २४ घण्टामा पनि कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या १४ सय बढी रहेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया