मदन भण्डारीको जन्मजयन्तीमा ओलीले निकाले नाथुराम गोड्सेको प्रसंग

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिडेको टिप्पणी गरेका छन् ।

स्वर्गीय जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा सोमवार काठमाडौंमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा हिडेको बताएका हुन् । उनले कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी खोज्ने र फेला नपरे नाथुराम गोड्से आफै हुने तहमा पुगेको दाबी गरे । कांग्रेस प्रचण्डपथमा हिडेपछि प्रचण्डपथको छाँया न्यायलयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गरे ।

उनले भने “नेपाली कांग्रेस प्रचण्डपथमा हिडेपछि, नेपाली कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने नाथुराम गोड्से आफै हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अंगालेको हो । उसैत अराजनीतिक अस्थिरताको खेती । देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नुभनेको स्वभाविक रुपमा प्रचण्डपथ नै अंगालेको हो । प्रचण्डपथ यति व्याप्त भईसक्यो । नेपाली कांग्रेसले अंगालेपछि त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त कांग्रेसले बनाएपछि अहिले प्रचण्डपथ सुप्रिप कोटमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एकजना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने । ”

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत अदालत भित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भईरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्ठी जनाए ।

उनले भने, “आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिंदा रोक्ने काम गरेको पाईएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न अथवा विद्धान अभिवक्ता ज्यूहरु तपाईहरुले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमुर्तिहरुले सुझाव पनि राख्न सक्नुुहुदैन ? ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?