सोमालियामा आइतवार भएका हिंसामा परि ४१ जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । सोमालियामा आइतवार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारवाहीमा परि कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ ।

सो सेनाले दिएको जानकारी अनुसार अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए । सोमालियाको राष्ट्रिय सेनाको कारवाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकू रहेका छन् । त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारवाहीमा पनि अल सेबाबका लडाकूहरु मारिएका थिए ।

यस क्रममा सेनाका तीन जना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरु केही घाइते पनि रहेका छन् । त्यसैगरी कतिपय स्थानमा अल सेबाबका लडाकूहरुले गरेका हमलाहरुमा परी अरु कैयौँ सर्वसाधारण व्यक्ति घाइते भएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?