माधव नेपालप्रति ओलीको कटाक्ष : ‘लाज पचेको मान्छे’

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन्

जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई लाजशरम पचेको मान्छेको संज्ञा दिएका छन् ।

नेपाल अहिले कांग्रेसको पछि कुद्ने मान्छे भन्दै नकारात्मक काम गरिरहेकाले चर्चामा रहेको भन्दै आलोचना गरेका छन् ।

“माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुने रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।” कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ।

केहि दिन अघि नेता नेपालले आफूलाई एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भन्ने कुरामा स्पष्टीकरण दिँदै आफूले त्यस्तो प्रस्ताव नगरेको समेत बताए

‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो १ ओलीले भने मलाई बहुला कुकुरले टोकेको छ र ? ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?