दुई एआईजी बिदा बसे, तर आईजीपी बसेनन्

काठमाडौं, ११ चैत – ३० वर्षे सेवा अवधिका कारण २९ चैतमा अवकाश हुन लागेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल अझैसम्म पनि बिदा बसेका छैनन् ।नयाँ आईजीपीलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले बहालवाला आईजीपी एक महिनाअघिबाट घरबिदा बस्ने परम्परा भए पनि अर्याल भने बिदामा बसेका छैनन् । उनीलगायत १५ एआईजीहरू २९ चैतबाट ३० वर्षे सेवा अवधिका कारण प्रहरी सेवाबाट अवकाश पाउँदै छन् ।तर, उनीसँगै अवकाशमा जान लागेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरू २० दिनअघिबाट घरबिदामा बसेका छन् । प्रदेश ६ का एआईजी रणबहादुर चन्द र प्रदेश ७ का एआईजी माधव नेपाल शुक्रबारबाट घरबिदामा बसेका हुन् । उनीहरूसँगै अनिवार्य अवकाशमा जान लागेका उनकै ब्याची १३ एआईजी भने बिदामा बसेका छैनन्, आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?