१५१ रोपनीमा नयाँ संसद् भवन

काठमाडौँ, ११ चैत – सहरी विकास मन्त्रालयले संघीय संसद् भवन बनाउन तीनवर्षे कार्ययोजना बनाएको छ, कान्तिपुरमा खबर छ  । सिंहदरबारको पूर्वोत्तरतर्फको १ सय ५१ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन बनाउने सरकारको निर्णयअनुसार कागजी प्रक्रिया पूरा गर्न ११ महिना र निर्माण पूरा गर्न दुई वर्ष लाग्ने कार्यावधि कार्ययोजनामा तोकिएको छ । मन्त्रालयले उक्त कार्ययोजना छलफलका लागि संसद् सचिवालय पठाएको छ । ‘कार्ययोजना आएको छ,’ सचिवालयका सहसचिव रोजनाथ पाण्डेले भने, ‘छलफल गरेर काम अघि बढाउँछौं ।’कार्ययोजनामा कसले कुन काम कहिलेसम्म सक्ने भन्ने तोकिएको छ । कार्ययोजनाअनुसार सचिवालय र सहरी विकास मन्त्रालयको भूमिका समन्वय र सहयोगी हुनेछ भने निर्माण जिम्मा सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले लिनेछ ।एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएलगत्तै सरकारले दुई वर्षभित्र आफ्नै संसद् भवन बनाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?