प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि सरकारी पक्षको बहस शुरु हुने

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस शुरु हुँदैछ।

प्रतिनिधि सभा पुर्नस्थापना र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्तीको माग गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एमाले) बरिष्ठ नेता माधव कुमार नेपाल समुह, जसपा डा. बाबुराम भट्टराई – उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ सांसदहरुले दायर गरेको रिट निवेदनमा पक्षको तर्फबाट बहस सकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा गत बुधवारदेखि नियमित बहस भइरहेको छ ।

हालसम्म रिट निवेदकका तर्फबाट ३६ जना कानून व्यवसायीले बहस गरिसकेका छन् । निवेदक पक्षका कानून व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन् ।

सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?