युरो कप खेल ३९ : नेदरल्यान्ड्सको युरो कप यात्रा समाप्त, चेक गणतन्त्रको अप्रत्याशित जित

लोकपथ संवाददाता
1.5k
Shares
BUDAPEST, HUNGARY – JUNE 27: Tomas Holes of Czech Republic celebrates after scoring their side’s first goal during the UEFA Euro 2020 Championship Round of 16 match between Netherlands and Czech Republic at Puskas Arena on June 27, 2021 in Budapest, Hungary. (Photo by Alex Pantling/Getty Images)

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत अन्तिम १६ को खेलमा चेक गणतन्त्रले बलियो टोली नेदरल्यान्ड्सलाई २-० गोलले पराजित गरेको छ।

हंगेरीको राजधानी बुडापेस्टस्थित ‘पुस्कास एरेना’मा ५२,००० दर्शक सामु भएको खेलमा चेक गणतन्त्रले यस संस्करणकै दावेदार टोली नेदरल्यान्ड्सको यात्रामा पूर्णविराम लगाएको छ।

पहिलो हाफ गोलरहित बराबरी खेले पनि नेदरल्यान्ड्सले बल पोसेसनमा हैकम जमाएको थियो। तर दोस्रो हाफको ५२औं मिनेटमा डच सेन्टर ब्याक म्याथिस डे लाइटले रातो कार्ड प्राप्त गर्दै मैदान बाहिरिए।

त्यसपछि खेलमा चेकले दुई गोल गर्न सफल भयो। खेलको ६८औं मिनेटमा रक्षक टोमस कलसको पासमा टोमस होलेसले गोल गर्दा चेकले खेलमा अग्रता लिन सफल भएको थियो। चेकले खेलको ८०औं मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो। यसपाली टोमस होलेसको पासमा स्ट्राइकर प्याट्रिक शिकले गोल गर्दै चेक गणतन्त्रको अग्रता दोब्बर बनाए।

निर्धारित ९० मिनेटको खेलसम्म अरु कुनै गोल हुन नसक्दा चेक गणतन्त्रले नेदरल्यान्ड्सको युरो कप २०२० यात्रा अन्त्य गरेको हो। चेक गणतन्त्रले अब क्वार्टर फाइनलको खेलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?