काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा भोलि निर्णय गरिने भएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागु हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेको उनले बताए ।
उपत्यकामा संक्रमणदर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक÷डेढ हप्ता खोल्ननहुने सुझावहरु आएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया