१५ असार २०७९, बुधबार

किन भएन नवराज सिलवालको राजीनामा स्वीकृत ?

२०७४,आश्विन,२२,आईतवार ०१:१०

0
Shares

काठमाडौं, २२ असोज- नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले पदबाट दिएको राजीनामा गृह प्रशासनले आफूप्रति पूर्वाग्रह राखेर स्वीकृत नगरेको आरोप लगाएका छन् ।तर, गृहसचिव लोकदर्शन रेग्मीले भने प्रहरी प्रधान कार्यालयबाट गृहमा आइनपुगेकाले राजीनामा प्रक्रिया अघि बढ्न नसकेको दाबी गरेका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।रेग्मीले भने, ‘आउनेबित्तिकै राजीनामा स्वीकृत हुन्छ ।’ राजीनामा स्वीकृत नभई एमाले प्रवेश गरेका डीआईजी सिलवालमाथि प्रहरी संगठनको आचरणविरुद्धको दण्डनीय गतिविधि गरिरहेको आरोप लागिरहेका बेला आफूलाई दुःख दिने नियतले राजीनामा रोकिएको अन्नपूर्णलाई प्रतिक्रिया दिए ।सिलवालले आईजीपी प्रकरणमा सर्वोच्चको फैसलापछि प्रहरी सेवाबाट अलग रहने घोषणा गर्दै डीआईजी पदबाट २८ भदौमा राजीनामा दिएका थिए । प्रहरी प्रधान कार्यालयले उक्त पत्र सनाखत गरी असोज १ गते स्वीकृतिका लागि पत्र संख्या २-०१-६.१ ।(०७४/०७५), चलानी नम्बर ९०९ उल्लेख गरी कागजात गृह मन्त्रालय प्रहरी प्रशासन शाखालाई सम्बोधन गरी पठाएको थियो ।मन्त्रालयको दर्ता शाखामा सिलवालको राजीनामा पत्रसम्बन्धी फाइल दर्ता किताबको ७७१ मा दर्ता भएको देखिन्छ ।मन्त्रालयमा फाइल दर्ता भए पनि उक्त फाइल आफूकहाँ नआएको गृहसचिव रेग्मीको दाबी छ । ‘सिलवालको राजीनामासम्बन्धी फाइल मकहाँ आएको भन्ने कुरा सरासर गलत हो, फाइल आएको भए रोक्ने कुरै छैन, कसैको राजीनामा स्वीकृत नगरेर त्यसै राख्ने कुरा हुँदैन ’, रेग्मीले भने ।स्रोतका अनुसार गृहसचिव रेग्मीले प्रक्रिया नपुगेको भन्दै फाइल कर्मचारी प्रशासन शाखाबाट प्रहरी प्रधान कार्यालयमा फिर्ता गर्न लगाएका थिए । फाइल फिर्ता गरिएको सम्बन्धमा गृहसचिव रेग्मीसँग जिज्ञासा राख्दा उनले अस्वीकार गरे ।

प्रकाशित मिति: २०७४,आश्विन,२२,आईतवार ०१:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य

काठमाडाैं । चिकित्सक कुट्ने प्रहरीलाई  कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेकाे छ । साथै संघले एक विज्ञप्ति जारी गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार

हेटौंडा । मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा

ताजा समाचार

आयरल्यान्डमाथि भारतको ‘क्लिन स्वीप’
 २०७९,असार,१५,बुधबार ११:१२
विम्बल्डन : नाडालको विजयी सुरुवात
 २०७९,असार,१५,बुधबार ११:०८