सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

लोकपथ
0
Shares
/f]kfOF ub}{ ls;fg un]Zj/, !! h]7M DofUbLsf] dªunf ufpFkflnsf–#, a/ªhfdf /f]kfOF ub}{ ls;fg . Tf:aL/ M w|’a;fu/ zdf{÷/f;;

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ ९४५ दशमलव ९३० हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो ।

सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । विगतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आएको थियो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कैलालीमा ३८ हजार ७८६ ९५५ प्रतिशत, कञ्चनपुरमा १६ हजार ९६६ ९३५ प्रतिशत, अछाममा सात हजार ४६५ दशमलव पाँच ९४५ प्रतिशत, बाजुरामा तीन हजार ९४६९५५ प्रतिशत, बझाङमा पाँच हजार ७१६ दशमलव आठ ९४५ प्रतिशत० र बैतडीमा चार हजार ५० ९४५ प्रतिशत हेक्टरमा रोपाइँ सकिएको छ ।

यसैगरी दार्चुलामा २२४ ९६२ प्रतिशत, डडेल्धुरामा तीन हजार ७१२ दशमलव आठ ९६० प्रतिशत, डोटीमा चार हजार ५०० ९४२ प्रतिशत० गरी ८५ हजार ३६८ ९४५ दशमलव ९३० हेक्टरमा रोपाइँ सकिएको छ । कैलालीमा ७० हजार ५२०, कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा नौ हजार र दार्चुलामा चार हजार ४८० हेक्टरमा धान खेती हुने गरेको छ ।

यसैगरी डडेल्धुरामा छ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी एक लाख ८५ हजार ८४७ हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशमा धानको औषत वार्षिक उत्पादन छ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । धानको प्रति हेक्टर उत्पाकत्व ३।३ देखि ३।५ प्रतिशतसम्म रहेको छ ।

हाल किसानलाई अनुदानमा सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइन थालेपछि रोपाइँको कार्य सहज रुपमा हुँदै आएको प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताए ।

“सिँचाइको सुविधा उपलब्ध भएसँगै किसानले उन्नत जातका धानको बीउको प्रयोग गरी आधुनिक तरिकाले खेतीलाई अगाडि बढाउँदै आएका छन्”, उनले भने, “केही किसानले अझै पनि परम्परागत तरिकाले धान खेती गर्दै आएका छन्, उहाँहरुलाई पनि धान खेतीका नौला तौर तरिका सिकाउन आवश्यक छ, त्यसका लागि कृषि ज्ञान केन्द्र र निर्देशनालयले तालीम प्रदान गर्ने कार्यसँगै उपकरण, औजार र बीउमा अनुदान उपलब्ध गराउने छ ।”

असारको अन्तिम हप्तादेखि साउनको पहिलो हप्तासम्म किसानले रोपाइँ सक्ने कार्यालय प्रमुख जोशीको भनाइ छ । प्रदेशका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा अधिक जग्गामा धान खेती हुने गरेको छ ।

“बाह्य क्षेत्रबाट आयत हुने धान चामललाई प्रतिस्थापन गर्नका लागि आधुनिक धान खेती प्रणालीलाइ अपनाउन आवश्यक भएको छ”, उनले भने, “यसका लागि निर्देशनालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्य अगाडि बढाउँदै आएको छ ।”

उन्नत जातका धानका प्रजातिप्रति किसानको आकर्षण बढ्नु, समयमै मल, बीउविजन र किटनाशक आषधीको व्यवस्थासँगै उत्पादन लागत घटाएर प्रतिस्पर्धी बनाउन रोपाइँ, कटाइ, चुटाइ, रोग किरा व्यवस्थापन र झारपात नियन्त्रणमा मेसिन तथा औजारको प्रयोगलाई बढावा दिइँदै आएकाले उत्पादनमा विगतको तुलनामा बढोत्तरी हुँदै आएको बताइएको छ ।

मौसम प्रतिकूलताका कारण धानको मौसममा अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि र रोगकिराको प्रकोपका कारण उत्पादनमा कमी आउनुको मुख्य कारणका रुपमा रहेको छ । किसानले आयातित धानको गुणस्तर र मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले उचित मूल्य पाउनबाट भने वञ्चित रहँदै आउनुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?