युरो कप २०२० : आज नकआउट चरणमा ‘ब्लकबस्टर’ खेल, बेल्जियम सामु पोर्चुगलको अग्निपरीक्षा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज ‘आइतवार’ राती दुई खेलको तालिका रहेको छ।

अन्तिम १६ अन्तर्गत आजको पहिलो खेल नेपाली समय अनुसार बेलुकी ९:४५ बजेबाट शुरु हुँदैछ भने दोस्रो खेल मध्यरात १२:४५ बजेबाट ‘किकअफ’ हुनेछ।

आजका दुई खेल

१) नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र

नेपाली समय: बेलुकी ९:४५
स्थान: पुस्कास एरेना, बुडापेस्ट, हंगेरी
नेदरल्यान्ड्स: समूह ‘सी’ विजेता
चेक गणतन्त्र: समूह ‘डी’ तेस्रो स्थान
प्लेयर्स टू वाच: जिनी वाइनाल्डम (नेदरल्यान्ड्स), प्याट्रिक शिक (चेक गणतन्त्र)

 

२) बेल्जियमविरुद्ध पोर्चुगल

नेपाली समय: मध्यरात १२:४५
स्थान: इस्टाडियो ओलम्पिको, सेभिल, स्पेन
बेल्जियम: समूह ‘बी’ विजेता
पोर्चुगल: समूह ‘एफ’ तेस्रो स्थान
प्ले यर्स टू वाच: रोमेलु लुकाकु (बेल्जियम), क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?