काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदक तर्फका कानून व्यवसायीको बहस सकिएको छ ।
शुरुवाती बहसका लागी निवेदकका कानून व्यवसायीहरुले संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो ।
निवेदककका कानुन व्यवासायीले सरकार पक्षको बहस पछि थप ३ घण्टा प्रत्युत्तर बहस गर्न पाउने छन् ।
आइतवार निवेदक तर्फबाट १६ जना कानून व्यवसायीले बहस गरेका छन् । सोमबारबाट प्रधानमन्त्रीका कानुन ब्यवसायी र सरकारी वकिलको बहस शुरु गर्ने छन् ।
आइतवार वरिष्ठ अधिवक्ता सविता भण्डारी, बावुराजा जोशी, अधिवक्ता पदम रोका, भिमार्जुन आचार्य, बरिष्ठ अधिवक्ता बाबुराम कुँवर, शतिषकृष्ण खरेल, नरहरी आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनाल लगायत १६ जनाले बहस गरेका छन् ।
यसैगरी अब सरकारी पक्षका वकिलहरुले बहस गर्नेछन् । सरकारी वकिलहरुको लागि १५ घण्टाको समयसीमा निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया