काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा जारी बहसका क्रममा सांसदको भूमिका ७६(५) अनुसार सरकार गठन गर्दा सांसदको भूमिका ७६(२) को जस्तो खोज्न नहुने विषयमा कुरा उठेको छ ।
आज बहस गर्दै वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले संविधानको धारा ७६ (५) अनुसार सरकार निर्माण गर्दा सांसदको भूमिका धारा ७६ (२) मा जस्तो खोज्न नहुने जिकिर गरे ।
पूर्व प्रदेश प्रमुख एवम् पूर्व महान्यायाधिवक्ता समेत रहेका कुँवरले भने- “दलहरु असफल भए पनि सार्वभौम जनताले चुनेर पठाएका प्रतिनिधिले संसद जोगाउन सक्छन् भनेर संविधान निर्माताले यो व्यवस्था राखेका हुन् । ७६ (५) मा सांसदको भूमिका ७६ ९२० मा जस्तो खोज्नु हुँदैन ।”
नेपालको संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्ने प्रावधान रहेको छ भने धारा ७६ को उपधारा ५ मा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्ने कुनै सांसदलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ ।
त्यस्तै संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न देउवा उचित रहेको भन्दै त्यसको विकल्प नभएको दाबी समेत गरेका छन् ।
‘७६ (५) को युटिलिटी स्वायत्त छ, त्यसकारण कुनै पनि संसद सदस्य प्रधानमन्त्री हुन सक्छन् । त्यसमा दलीय ह्वीप लाग्ने हुन सक्दैन । यस अनुसार शेरबहादुर देउवाको दाबीमा स्पष्ट बहुमत छ । उहाँ प्रधानमन्त्री नियुक्त हुनुको विकल्प छैन ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया