संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ : वरिष्ठ अधिवक्ता खरेल

लोकपथ
119
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकुमार खरेलले विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने आदेश जारी गरेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिनिधि सभा पुनःस्थापना गरेर मात्र नभइ देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दाबी गरेका हुन् ।

संवैधानिक इजलासमा आज बहस गर्दै उनले बहुमत सांसदहरुको हस्ताक्षर दाबी पेश गरेको भन्दै देउवा नै भावी प्रधानमन्त्री बन्नुपर्ने उनको जिकिर रहेको छ ।

“राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहारका कारण पनि देउवा प्रधानमन्त्री नियुक्तीको आदेश अनिवार्य छ । आदेश जारी गर्दा प्रतिनिधि सभा पुनःस्थापना गरेर मात्रै बाँकी संसदमै हुन्छ भनेर हुँदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तीको आदेश जारी हुनुपर्छ यो अनिवार्य छ । किनभने ओलीले पटक पटक संवैधानिक दायरा नाघिसक्नुभएको छ ।” उनले भने ।

त्यसैगरी धारा ७६(५) बमोजिम सरकार गठनमा राष्ट्रपतिले संवैधानिक दायित्व पूरा गरेको नदेखिएको भन्दै उनले राष्ट्रपतिले पनि आफूलाई सुधार गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?