काठमाडौं । काठमाडौंमा आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया