इजलासमा संविधानविद् आचार्यको जिकिर : ‘जनप्रतिनिधिको अधिकार राष्ट्रपति र प्रधानमन्त्रीले खोस्न सक्नुहुन्न’

लोकपथ
189
Shares
डा. भीमार्जुन आचार्य

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा. भीमार्जन आचार्यले बहस गरेका छन् ।

बुधवारदेखि निरन्तरको बहसका क्रममा आइतवार बहस गर्दै डा. आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले सांसदहरुको अधिकार छिन्न नसक्ने दाबी गरेका छन् ।

बहसका क्रममा संविधानविद् आचार्यले राष्ट्रपति र प्रधानमन्त्री ले दाबी गरेजस्तो संविधानको धारा ७६(५) मा व्यवस्था नभएको बताए ।

“उहाँहरुले जनताको प्रतिनिधिको अधिकार छिन्न सक्नुहुन्न । सार्वभौम संसदको अधिकार छिन्न सक्नुहुन्न । सार्वभौम संसदलाई मात्र विश्वासको मत दिने वा नदिने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीले खोस्न सक्नुहुन्न्”। उनले भने ।

जारी बहसका क्रममा आज यसअघि वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस गरेकी थिइन् । उनले प्रधानमन्त्रीको रुपमा विपक्षी गठबन्धनको तर्फका उम्मेद्वार शेरबहादुर देउवालाई नियुक्त नगरेर बद्नियत देखाएको जिकिर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?