काठमाडौं । खोटाङमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।
आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राईलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरि फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया