काठमाडौं । नेकपा एमालेले आगामी असार १६ गते १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।
आज बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटिको बैठक बोलाउने निर्णय गरेको हो ।
गत जेठ २७ गते सर्वोच्च अदालतले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी मान्य नभएको भन्दै उक्त कमिटीले गरेको निर्णय समेत बदर गर्न आदेश दिएको थियो ।
तर सर्वोच्चको उक्त निर्णय अमान्य हुने भन्दै ओली पक्षले सर्वोच्चमा पुनः भ्याकेट निवेदन समेत दिएका छन् ।
यसैगरी आजको बैठकमा आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलदेखि १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनेसम्मका निर्णयहरु भएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रवक्ता प्रदिप ज्ञवालीले त्यसबारे जानकारी दिएका हुन् ।
आजको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासहरका बारेमा समेत छलफल भएको उनले बताएका छन् । त्यसैगरी पार्टी एकताका लागि उच्च तहमा छलफल गर्नका लागि पार्टीको १० औँ महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गतेका लागि बोलाइएको छ ।
“बैठकमा हामीले पछिल्लो राजनीतिक स्थिती, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तीहरु र राष्ट्रिय राजनीतिको विभिन्न आयामहरुका विषयमा संक्षिप्त तर गहन रुपमा छलफल गरेका छौँ । यो विषयमा थप केहि निर्णयहरु गर्न आवश्यक भएको र थप अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केहि निर्णयहरु निकाल्नुपर्ने भएकाले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंंमा बस्ने गरि बैठक बोलाइएको छ ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया