भाषण गरेर गिनिज बुकमा नाम लेखाउने नुवाकोटका केसीको प्रयास

काठमाडौँ, २१ असोज – भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन्  ।यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गरेको उनका  श्रीमती पारु केसीले जानकारी दिइन् ।लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ ।यसअघि भारत गुजरातस्थित सुरतका अश्विन सुडानीले यस्तो लगातार भाषणको ७५ घण्टा ३२ मिनटको रेकर्ड राखेका छन्  । उनले विभिन्न ७५ शीर्षकमा भाषण दिएको बताइएको छ ।आज दिउँसो ३ बजेसम्म केसीले ५७ घण्टा अनवरत भाषण गरीसकेको विश्वदर्शन अभियानका अध्यक्ष नारायण प्रसाद भटृराईले जानकारी दिए  ।सो कीर्तिमानका लागि लायन्स क्लव अफ काठमाडौँ विहानीको आयोजना तथा लियो क्लवलगायतका संस्थाको सहयोगमा सो कलेजमा भाषण कार्यक्रमको आयोजना गरिएको छ ।भाषणमा केसीले विभिन्न विषयमा प्रवचन दिन्छन्  भने एक घण्टामा पाँच मिनट विश्राम पाउछन  । उनले दिनरात उभिएर भाषण गर्छन्  भने समय समयमा कुर्सीमा बसेर पनि भाषण गर्न पाउने प्रावधान छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?