प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदै

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजपनि सुनुवाइ हुँदैछ। ।

आज रिट निवेदकतर्फका कानून व्यवसायीको बहस सकिदैँछ ।

निवेदकतर्फका कानून व्यवसायीका लागि बहस गर्नका लागि संवैधानिक इजलासले तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी छ । निवेदकतर्फका कानून व्यवसायीले प्रत्युत्तर बहसका लागि थप ३ घण्टा समय पाउनेछन् भने सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि १५ घण्टा समय तोकिएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा(एमाले)का बरिष्ठ नेता माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाका १ सय ४६ जना सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र संसद पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि सुनुवाइ भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?