काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
पदाधिकारी बैठक आज दिउँसो २ बजे बोलाइएको एक नेताले जानकारी दिए । बैठकमा पार्टीको क्रियाशिल सदस्यता विवादको सम्बन्धमा छलफल गरिने जनाइएको छ ।
कांग्रेसका ८ लाख क्रियाशिल सदस्यहरुको नाम सार्वजनिक भएसँगै देशभरबाट उजुरी परेको छ । क्रियाशिल सदस्यता छानविन समितिले उजुरीको सम्बन्धमा छलफल पनि गरिरहेको छ । आजको बैठकमा क्रियाशिल सदस्यका विरुद्धमा परेका उजुरी उपर छानविन गरेर टुंग्याउन मापदण्ड बनाइने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया