ग्याँस चुहावट हुँदा आगलागी

लोकपथ
252
Shares

मध्यपुरथिमि । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका – ४चाँगुस्थित एकघरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद ३५ हजार रुपैयाँ सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद पाँच हजार रुपैयाँ सहित लत्ताकपडा, खाद्यान्न र ग्याँसचूलो लगायतको सामग्री सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?