१. प्रधानमन्त्रीको लागि आफूलाई प्रस्ताव आए पनि गठबन्धनलाई धोका नदिने एमाले नेता नेपालको भनाई, सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडान
२. आफूलाई देखाएर प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउन थालेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आरोप, संसद पुनर्स्थापना हुनुपर्ने र प्रधानमन्त्रीमा देउवा हुनुपर्नेमा जोड
३.राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको कांग्रेस सभापति देउवाको टिप्पणी, १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेकोमा आपत्ति
४. संसद पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री बन्ने जसपा अध्यक्ष उपेन्द्र यादवको भनाई, सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त
५. नौ हजार ८१० जनाको कोरोना परिक्षणमा थप दुई हजार १६ जनामा संक्रमण पुष्टि, चार हजार ९ सय १४ जना संक्रमणमुक्त ३० जनाको मृत्यु
६. १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसमा भावी नेतृत्वका लागि नेताहरुबीच छलफल, देउवा र पौडेलको विकल्प खोज्दै नेताहरु छलफलमा, सभापति देउवा पनि सुझाव बटुल्दै
७. माईती नेपालद्वारा श्रीलंकामा अलपत्र परेका २५ नेपाली महिलाको उद्धार, लामो समय हिरासतमा बसेका कारण अधिंकाशमा शारिरीक तथा मानसिक समस्या
८.एक्स्काभेटरको बकेटले हिर्काएर सर्लाहीको ईश्वरपुर नगरपालिका ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या, दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको भनाई
९. रौतहटको मौलापुर नगरपालिकामा वर्षात्को पानी निकासीको विवादमा झडप हुँदा डेढ दर्जन बढी घाइते, २ पक्राउ परेको प्रहरीको भनाई
१०. गण्डकी प्रदेशका विनाविभागीय ४ मन्त्रीको मन्त्रालय टुंगो लाग्यो, आइतबार प्रदेश प्रमुखसँग भेट गर्ने प्रदेश सरकारका प्रवक्ता कुमार खड्काको भनाई
११. बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत् उत्पादन गर्ने, आवश्यक तयारी अन्तिम चरणमा
१२.त्रिविका रोकिएका सबै परीक्षा यसैवर्ष, विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र, दशैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दशैँपछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी
१३. आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने, जनस्वास्थ्य मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटे एयरलायन्स कम्पनि, भाडा केहि बढ्ने बुकिङ पनि शुरु
१४. विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या १८ करोड ४ लाख ४७ हजार ९७६ जना पुग्यो, ३९ लाख १० हजार ३११ जनाको मृत्यु, सबै देश कोरोनाविरुद्धको भ्याक्सीनमा जोड दिँदै
१५.युरो कप मा अन्तिम १६ अर्थात् नकआउट चरणका खेल आजबाट, इटालीलाई अष्ट्रियाको चुनौती, वेल्सविरुद्ध डेनमार्क भिड्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया