मादक पदार्थ सेवन गरी ड्यूटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

लोकपथ
371
Shares

काठमाडौं । सुनसरीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । बर्जु गाउँपालिका-१ गेलाबारीमा ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ३ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ चिमडी बस्ने ३४ वर्षीय युबराज चौधरी, ३३ वर्षीय सनि चौधरी र १९ वर्षीय मुन्ना भन्ने सनि चौधरी रहेका छन् ।

उक्त स्थानमा केही मानिसहरू मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राबे शुक्रबारेबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरुले अपशब्द प्रयोग गरी प्रहरी टोलीमाथि हातपात समेत गरेपछि को ४ प ५१२५ र को १८ प ३९ ६८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?