कौडा खेलिरहेका ५ जना पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । रामेछापमा कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

मन्थली नगरपालिका-१ घारी खहरे मन्थली बस्ने ३२ वर्षीय चन्द्र बहादुर माझीको घरमा कौडा खेलिरहेको अवस्थामा माझीसमेत ५ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ ।

माझीको घरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९२ हजार ९ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?