श्रीलङ्कामा अलपत्र परेका २५ नेपाली महिलाको माइती नेपालद्वारा उद्धार

लोकपथ
77
Shares

काठमाडौं । गैरकानुनी रुपमा श्रीलङ्का पुर्‍याएर अलपत्र पारिएका २५ जना नेपाली महिलाको उद्धार गरी माइती नेपालले स्वदेश फर्काएको छ ।

दलालहरुले वैदेशिक रोजगारीका लागि भन्दै भारत हुँदै श्रीलङ्का पुर्‍याएका र त्यहाँ अध्यागमन उल्लङ्घनको मुद्दा खेपिरहेका २५ जना नेपाली महिलालाई बिहीवार स्वदेश फर्काइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए ।

लामो समय हिरासतमा बसी मानसिक तथा शारीरिक स्वास्थ्यसम्बन्धी समस्या झेलेका उनीहरुलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी एकलवास (क्वारेन्टिाइन)मा राखी परिवारसँग पुनःमिलन गराइने उनले बताए ।

नेपाल प्रहरीको मानव बेचबिखनविरुद्धको ब्यूरोले घटनाबारे शुक्ष्म अध्ययन गरी थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?