ओलीसँग भन्दा पनि राष्ट्रपतिसँग दुःख लागेको छ : सभापति देउवा

लोकपथ
161
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भन्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुःख लागेको बताएका छन्।

शनिवार संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकारहरुसँगको छलफल कार्यक्रममा देउवाले राष्ट्रपति भण्डारीसँग दुःख लागेको बताएका हुन्।

देउवाले राष्ट्रपति भण्डारीले ओलीको कार्यकर्ता भएर काम गरेको आरोप लगाएका छन् ।

देउवाले संविधानको धारा ७६ (५) अनुसार गत जेठ ७ गते १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको दाबी गरेका थिए । तर राष्ट्रपति भण्डारीले देउवाको दाबीलाई अस्वीकार गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?