मानसिक तनावलाई यसरी कम गर्नुहोस् (भिडियो सहित)

कोरोना सङ्क्रमणको सन्त्रासका कारण अहिले आम मानिसहरूमा मानसिक तनाव ह्वात्तै बढेको मनोचिकित्सकहरू बताउँछन् ।

कोरोना सङ्क्रमणको सन्त्रासका कारण कसैको रोजगारी गुमेको कारण, व्यापार व्यवसाय चौपट भएको कारण, रोग सर्छ कि भन्ने डर र लक डाउनको कारण घर भित्रै लामो समय बस्नु पर्ने जस्ता विभिन्न कारणले गर्दा मानसिक तनावहरू बढेको बताउँछन् ।

मानसिक तनावलाई बेलैमा उपचार गर्न नसकेमा एन्जाईटी हुदैं मानिस डिप्रेसनमा समेत पुग्ने गर्दछ । यसरी मानसिक तनावलाई बेलैमा व्यवस्थापन गर्न चिकित्सकहरूले पनि विभिन्न उपायहरू सुल्झाउने गरेका छन् ।

योगको क्षेत्रमा पनि मानसिक तनावलाई व्यवस्थापन गर्न सकिने धेरै किसिमका आसनहरू रहेका छन् । बढ्दो मानसिक तनावलाई कसरी घरमै बसेर कम गर्न सकिन्छ भन्ने विषयमा पतञ्जती योग समिति नेपालका युवा संयोजक एवं योग गुरु लोकनाथ खनालले बताउनु भएको योग आसनको भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?