नेपालको कोरोना अपडेट : थप ३० जनाले ज्यान गुमाउँदा ४ हजार ९ सय १४ जना संक्रमण मुक्त

लोकपथ
448
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ८ सय १० जनाको परीक्षणमा २ हजार १६ जनामासंक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय १४ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कूल संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुका दर ९१.९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?