थापाथलीमा मोटरसाइकल र ट्रक दुर्घटना : नेविसंघका नेता खड्काको मृत्यु

लोकपथ
581
Shares

काठमाडौं । काठमाडौंको थापाथलीमा मोटरसाइकल र ट्रक दुर्घटना भएको छ । मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दोलखा स्थायी घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय नेपाल विद्यार्थी संघका नेता अर्बत खड्का रहेका छन् भने मोटरसाइकलमा सवार अर्का रामेछाप स्थायी घर भएका २३ वर्षीय कृष्ण खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?