रौतहटमा पानीको विवाद झडप अपडेट : ४ जनाको अवस्था गम्भीर, २ जना पक्राउ

लोकपथ
175
Shares

रौतहट । पानीको विषय लिएर रौतहटको मौलापुर नगरपालिकामा भएको दोहरो झडपमा १५  जना घाइते भएका छन।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा एकजना वडा अध्यक्षको प्रत्यक्ष संलग्नता रहेको बुझिएको छ ।

मौलापुर १ मर्यादपुरका भुवाली साह सोनार र हृदय नारायण यादव बीच आज बिहान वर्षाको पानीको निकासको विषय लिएर विवाद भएको थियो ।

सोही बिवाद बढदै दोहरो झडपमा परिणत भएको थियो । पीडित भुवाली साह सोनारका अनुसार सामान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांसको लाठी,भाठा र घाँस काट्ने हतियार समेतले घरमा पसेर पुरुष,महिला र बालबालिका समेत लाई गम्भीर रूपमा कुटपिट गरेका थिए ।

भुवाली साह सोनार पक्षका भरत साह सोनार,नयन देवि, सुहन साह सोनार,अन्जु देविको टाउकोमा चोट लागेको छ।

त्यसैगरी श्यामा देवि, किसुन साह सोनार,रामजी साह सोनार, धर्मेन्द्र साह लगायतलाई चोटपटक लागेको र दुईजनाको हात भांचेको भुवाली साहले बताएका छन ।

घाइते सबैजनाको मौलापुर स्थित एक क्लिनिकमा उपचार भैरहेको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले उनिहरुलाई थप उपचारको लागि अस्पताल पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?