खेतमा पानी लगाइदिएको निहुमा झडप, १५ जना घाइते

लोकपथ
203
Shares

काठमाडौं । रौतहटमा खेतमा पानी लगाइदिएको  विषयमा झडप भएको छ ।

मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा १५ जना घाइते भएका हुन् ।

झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले लोकपथलाई जानकारी दिए ।

घटनास्थलमा अहिले अवस्था सामान्य भैसकेको एसपी शाहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?