गर्मी मौसममा कसरी गर्ने ओठको स्याहार

एजेन्सी । गर्मीमा ओंठ सुख्खा वा फुट्नु स्वाभाविक हो । तर, नियमित हेरचाह एवं घरेलु उपचारबाट ओठलाई ठीक बनाउन सकिन्छ । सबैभन्दा पहिले ओठ किन फुट्छ भन्ने कुरा बुझ्नुपर्छ । विज्ञहरू भन्छन्, गर्मीमा तातो एवं सुख्खा हावाका कारण पनि ओठ फुट्छ ।

  • ओठ सुख्खा हुन्छ त्यतिबेला बारम्बार जिब्रो भिजाइन्छ तब र्यालले ओठको नरमपन सोस्छ । यसबाट ओठमा पाप्रा बन्छ ।
  • ओठलाई नरम राख्ने कुनै ग्रन्थि हुँदैन । तातो हावामा सुख्खापन हुन्छ, जसका कारण ओठ फुट्छ । ओठ बढी फुट्छ भने त्यो डिहाइड्रेसनको संकेत हो
  • ओठलाई ठीक तरिकाले सनस्किनबाट सुरक्षा प्रदान गरिएन भने ओठ फुट्छ ।
  • गर्मीमा धूलो, माटो तथा प्रदूषणका कारण पनि ओठ फुट्छ ।
  • जब सास फेरिन्छ तब तातो हावा ओठबाट बाहिर आउँछ, यसका कारण लिप क्रेज हुन्छ ।
  • केही टुथपेस्ट पनि ओठको छालालाई सुट गर्दैन । यस्तोमा ओठ फुट्छ ।
  • कतिपय अवस्थामा अमिलो फल, जुस, सस आदिले ओठमा एलर्जी सिर्जना गर्छन् जसबाट पनि ओठ फुट्ने सम्भावना हुन्छ ।
  • केही औषधिको सेवनबाट पनि ओठ फुट्छ । त्यसैले ती औषधि सेवन गर्दा प्रशस्त मात्रामा तरलपदार्थ, जुस, पानी आदि सेवन गर्नुपर्छ ।

ओठ सुन्दर बनाउने घरेलु उपाय

  • थोरै मात्रामा मह, चिनी तथा कागतीको रस मिसाएर फ्रिजमा राख्ने । केही समयपछि उक्त मिश्रणलाई ओठमा प्रयोग गर्ने । घाममा काम गर्ने महिलाले यसको प्रयोग बढी गर्नुपर्छ ।
  • ओठ अत्यधिक फुटे टमाटरको रसलाई शुद्ध घिउ वा मख्खनमा मिसाएर ओठमा प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?