१३ असार २०७९, सोमवार

भारतीय प्रहरीद्वारा पक्राउ गरिएका चर्चित देवनारायण रिहा

२०७४,आश्विन,२१,शनिवार १६:११

0
Shares

राजविराज, २१ असोज – भारतीय प्रहरीद्वारा पक्राउ गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी देवनारायण यादव र उनका छोरा अजय यादव आज साँझ साधारण तारिखमा छुटेका छन् ।सुपौलको वीरपुरस्थित अनुमण्डलीय न्यायालयका सहायक न्यायाधीश अभिशेक रञ्जनको एकल इजलासले दुवैजना बाबुछोरा साधारण तारिखमा रिहा भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।यही असोज १५ गते एक युवतीलाई अपहरण गरेको भन्दै भारतीय प्रहरीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुपौलको कुनौली थाना गएका बाबु देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ गरेका देवनारायण र उनका छोरा अजय विरुद्ध भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको थियो । भारतको कुनौलीकी १८ वर्षीया ज्योति साहले केही महिनाअघि अजयसँग भागी विवाह गरेकी थिइन् ।ती युवतीका परिवारजनले कुनौली थानामा अपहरणसम्बन्धी उजुरी दिएपछि अजय र उनका बुबा देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो । बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएको प्रहरी स्रोतबाट बुझिएको छ ।गत २०७३ साउन १३ गते दशगजा क्षेत्रअन्तर्गत नेपाल–भारत सीमामा पर्ने तिलाठीस्थित भारतीय पक्षले बनाएको अवैध बाँध भत्काएको विषयमा देवनारायणकै अगुवाइमा भारतीय र नेपालीबीच झडप भएको थियो । सोही घटनाको बदलास्वरुप उहाँ र छोरालाई पक्राउ गरी अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको आरोप छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार १६:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन्

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन् । सोमबार शिक्षा तथा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार र आचरणमा समाजवाद नआइकन देशमा समाजवाद नआउने बताएका छन् ।

ताजा समाचार

स्कारपियो ठक्करबाट एक जनाको मृत्यु
 २०७९,असार,१३,सोमवार १७:११