एमालेका तीन कर्णाली प्रदेश सांसद एक महिनाका लागि निलम्बित

लोकपथ
140
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका तीनजना सांसद एक महिनाको लागि निलम्बित भएका छन् ।

नेकपा एमाले संसदीय दलले निलम्बनको जानकारी प्रदेश सभा सचिवालयलाई दिएसँगै प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेको सूचना निकालेको छ । निलम्बनमा पर्नेहरुमा अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही रहेका छन् ।

कर्णाली प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै भनेको छ, ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?