सुदूरपश्चिम प्रदेशसभामा प्रदेशसभा सदस्यबीच घोचपेच

RSS
91
Shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सदस्यहरुबीच घोचपेच भएको छ ।

बैठकको विषेश समयमा नेकपा (एमाले)का लीलाधर भट्टले आफ्नै संसदीय दलले आफूहरुलाई बजेट अधिवेशनमा बोल्न नदिएको भन्दै गणतन्त्रका नाममा रजौटाहरुको राज्य गर्ने, पार्टी र सत्तालाई दुरुपयोग गरेर राज्य दोहन गर्ने, पार्टी निर्णय उलंघन गर्ने र सदनलाई व्यक्तिको बन्धक बनाउने कार्यप्रति जनताले क्षमा नदिने जिकिर गरे ।

एक हप्ता पर्खिदासम्म पनि बजेट अधिवेशनमा बोल्न नपाउने अवस्था संसदीय दलबाट सिर्जना गरिएपछि सभामुखसँग गरिएको लिखित आग्रहमा विशेष समयमा बोल्ने अवसर पाइएको भन्दै उनले भने,‘‘एमाले सांसदलाई बोल्न नदिने चेष्टा गरिएको छ, यो दिन एमाले संसदीय दलको इतिहासमा हामीले विशेष रुपमा हेरेका छौं ।’’

उनले बोलेपछि शुरु भएको बजेटमाथिको छलफलमा एमालेकै प्रदेशसभा सदस्य हर्कबहादुर कुवँरले भट्टको भनाईतर्फ इङ्गित गर्दै एमाले संसदीय दलको निर्णय अनुसार चल्न आग्रह गरे । कुवँरले बोलिरहँदा सभामुख अर्जुनबहादुर थापाले विषयमा केन्द्रित हुन ‘रुलिङ’ गरेका थिए ।

एमाले स्थायी समिति बैठकले नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको सुदूरपश्चिम प्र्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरेको थियो तर प्रदेशसभाको एमाले संसदीय दलले स्थायी समितिको निर्णय विपरीत माओवादी केन्द्रलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभा नियमावली बमोजिम सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश टेबुल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?