३० श्रावण २०७९, सोमवार

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

२०७४,आश्विन,२१,शनिवार १४:३१

54
Shares

चितवन, २१ असोज – भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ ।चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कत्र्तव्य गरी हत्या गरेको आरोपमा भरतपुर–२२ बस्ने स्थानीय होटल सञ्चालक ३४ वर्षका खेमबहादुर गुरुङलाई पक्राउ गरिएको छ ।नेपालीका परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा उनीविरुद्ध लिखित उजुरीसमेत दिएका छन् । उनलाई कत्र्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक थापाले आज जानकारी दिए ।यही असोज १६ गते साँझ घरबाट हराएका रामबहादुर नेपालीका २० वर्षीय छोरा शिशिर नेपालीलाई असोज १७ गते घर नजिकैको सडक छेउमा मृत अवस्थामा फेला पारिएको थियो ।मादक पदार्थ सेवन गरेर पटकपटक होहल्ला गरेपछि होटल सञ्चालकले कत्र्तव्य गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै थापाले पटकपटक उनलाई गुरुङले सडकमा घिसारेको बताए ।प्रहरी हिरासतमा रहेका गुरुङले भने अन्तै मदिरा खाई होटलमा होहल्ला गरेपछि घिसारेर बाहिर पठाएको स्वीकारेको प्रहरीले जनाएको छ । सडक छेउमा मृत भेटिएका उनको टाउको र कन्चटमा चोटसमेत देखिएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार १४:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । असार ४ गते धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने घोषणा गरे ।

मुगु । मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार

नुवाकोट । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी

काठमाडौं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फाइल मागेको छ । नरेशकुमार

ताजा समाचार

गेटाकाे विषयमा सरकार किन मौन ?
 २०७९,श्रावण,३०,सोमवार २१:४५
मापदण्ड तयार गर्दै सिट बाँडफाँट कार्यदल
 २०७९,श्रावण,३०,सोमवार २१:२९