काठमाडौं । नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको आज कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतवार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उनको निधन भएको बी एन्ड सी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए। उनका पत्नी राधा थापासमेत कोरोना सङ्क्रमण भएर सोही हस्पिटलमा उपचाररत छन् । उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् ।
छोरीहरु बिहीवार काठमाडौं आइपुगेका र छोरा शनिवार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताए । विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया