राष्ट्रपतिको कामकारवाहीमाथि उठ्यो प्रश्न, संविधानविद् भट्टराईले निकाले महाअभियोगको कुरा

लोकपथ
154
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको जारी बहसमा सर्वोच्चको संवैधानिक इजलासमा राष्ट्रपतिले महाअभियोग लाग्ने काम गरेको सवाल उठेको छ ।

आज बहस गर्दै वरिष्ठ अधिवक्ता एवम् संविधानविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी स्वयंले आफूलाई महाअभियोग लगाउने काम गरेको टिप्पणी गरे ।

“राष्ट्रपतिबाट भएका कामकारवाहीविरुद्ध न्यायिक पुनरावलोकन हुँदैन भन्ने मान्यता संविधानले स्वीकार गर्दैन । संविधानको धारा १३३ ले यो व्यवस्था स्वीकार गर्दैन ।राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गर्नुभएको छ । राष्ट्रपतिलाई धारा ७६(५) ले कसैलाई पनि नियुक्ति नै नगर्ने अधिकार दिएको छैन । संविधानले तोकेको कर्तव्य निर्वाह नगर्ने पदाधिकारीलाई महाभियोग लगाउने व्यवस्था छ । न्यायाधीशलाई न्याय निरुपणका लागि इजलासमा बस्दिन भन्ने अधिकार हुँदैन । त्यस्तै राष्ट्रपतिलाई पनि आफ्नो दायित्व निर्वाह नगर्ने छुट हुँदैन ।”  संविधानविद् भट्टराईले भने ।

त्यसैगरी मध्यराती राष्ट्रपतिबाट बदनीयतपूर्ण काम गरेको आरोप लगाएका छन् ।

‘राती ११ बजे महन्थ, राजेन्द्र र केपी ओलीले निवेदन स्वीकार गर्ने ? यो बदनीयत होइन ? उनले भने ।

आज तेस्रो दिन जारी बहसमा यसअघि वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल र अधिवक्ता सुनील पोखरेलले बहस गरेका छन् । अहिले बहस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?