लहान, १० चेत । लहानको सुनचाँदी पसलमा भएको बम विस्ष्फोटको विरोधमा आज लहान बन्दको आह्वान गरिएको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ ।शुक्रबार ८ जना घाइते हुनेगरी भएको बम विस्फोटको विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको हो ।शुक्रबार लहान–७ स्थित विकास ट्रेडर्समा गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ, लहानले बन्द आह्वान गरेको हो ।बन्दका कारण बिहानैदेखि सवारी साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यावश्यकीय दमकल, खानेपानीका ट्यांकर, एम्बुलेन्सलगायत सवारी साधन चले पनि सार्वजनिक तथा निजी सवारी साधान भने चलेका छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया