आजको मौसम : देशभरका केही स्थानमा वर्षाको सम्भावना

लोकपथ
147
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?