काठमाडौं । घुस लिएको आरोपमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा प्रमुख रामचन्द्र ढकालविरुद्ध उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा काठमाडौं उपत्यका खानेपानी बोर्डका कर्मचारीहरुले ढकालविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
उजुरीकर्ताहरुले लेखाप्रमुख ढकालले सेवाग्राहीहरुसँग कुल भुक्तानी रकमबाट चेक भुक्तानी रकमबाट चेक कारोबार गर्दा अनाधिकृत रुपमा २० देखि ३० प्रतिशत रकम घुसबापत लिँदै आएको, अनाधिकृत स्रोतबाट कमाएको रकमले नै काठमाडौंको शंखमुलमा पक्कि घर ठडाएको, विभिन्न बैंठक तथा वित्तीय संस्थामा बचत समेत रहेको आरोप उजुरीकर्ताहरुले लेखा अधिकृत ढकालमाथि लगाएका छन् । त्यतिमात्र नभएर ठेक्कापट्टाको भुक्तानीमा घुस बापत मोटो रकम लिँदै आइरहेको भन्दै आयोग समक्ष यथाशीघ्र छानविन र अनुसन्धान गरि कानूनी कारवाही गर्नका लागि समेत आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया