२२ जेष्ठ २०८०, सोमवार

बैंकले किन दिन थाले सस्तो दरमा कर्जा  ? 

२०७४,आश्विन,२१,शनिवार १४:२८

9
Shares

 काठमाडौँ, २१ असोज – नेपाल राष्ट्र बैंकले आइतबार बोलकबोलबाट रु पाँच अर्ब तरलता प्रशोचन गर्ने भएको छ ।बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी अधिक भएपछि बैंकले बजारबाट उक्त परिमाणको तरलता प्रशोचन गर्न लागेको हो ।बैंकका सहायक प्रवक्ता नारायण पौडेलका अनुसार आइतबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत पैसा उठाउन लागिएको हो ।ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेपको साँवा र ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।हाल बजारमा झण्डै रु एक खर्ब हारहारीमा तरलता छ । बैँकिङ प्रणालीमा तरलता अभाव भयो भने केन्द्रीय बैंकले रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । यसअघि पनि बैंकले दुईपटक गरी रु छ अर्ब तरलता प्रशोचन गरिसकेको छ ।बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि निक्षेपको ब्याजदर पनि घट्न थालेको छ । बैंकले सस्तो दरमा कर्जा दिन थालेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार १४:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध

काठमाडौं  । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से

काठमाडौं । शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार ८

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१