गभर्नर हटाउन चलखेल सुरु

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको सरकारद्धारा नियुक्त गभर्नर चिरञ्जीवी नेपाललाई एपेक्स डेभलपमेन्ट बैंकका उच्च अधिकारीसँग मिलेर फाईल लुकाउन सहयोग गरेको आरोपमा हटाउने खेल सुरु भएको छ ।उनी ५ बर्षका लागि २०७१ चैत ५ गते गभर्नर नियुक्त भएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।बैंकिङ क्षेत्रलाई नोक्सानी पुर्याएको प्रमाणित भएमा गभर्नरलाई हटाउन सकिने प्रावधान राष्ट्रबैंक ऐन २०५८ मा छ ।त्यही प्रावधानमा टेकेर गभर्नर नेपाललाई हटाउन खोजिएको हो ।एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल र गभर्नर नेपाल दुवै कांग्रेस समर्थक भएकाले फाइल लुकाउन मदत गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?