नवनियुक्त निर्वाचन आयुक्तको जबराले लिए पद तथा गोपनियताको सपथ

RSS
238
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष नवनियुक्त आयुक्त राणाले शपथ लिएका हुन् ।

निर्वाचन आयुक्त राणाले आजै पदबहाली गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ । हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि सवैधानिक व्यवस्थानुरुप उनको सपथ र पदबहाली भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?