असार १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

लोकपथ
63
Shares

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले यहि असार १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रपति कार्यालयद्वारा बिहीवार जारी विज्ञप्तिमा असार १७ गते ४ बजे बस्नेगरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

मन्त्रिपरिषद्को बिहिबारको बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । गत पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन तीनवटा बैठकपछि पुस २६ गते अन्त्य भएको थियो ।

सो अवधिमा जम्मा ७ घण्टा ५ मिनेट राष्ट्रिय सभाको बैठक चलेको थियो । संवैधानिक व्यवस्थाअनुसार पहिलो अधिवेशन अन्त्य गरेको ६ महिनाभित्र संसदको अर्को अधिवेशन बोलाउनुपर्ने प्रावधान अनुसार सरकारले राष्ट्रिय सभाको बैठक आह्वान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा बिघटन भएको थियो । बिघटन विरुद्धको मुद्दामा सर्वाेच्च अदालतमा सुनुवाई भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?