काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका पदाधिकारीसहित २० जना नियुक्त गरेकी छिन् ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीवार (आज) गरेको नियुक्तीमा लोकसेवा आयोगका अध्यक्षसहित ५ जना रहेका छन् ।
संविधानको धारा २४२(२) बमोजिम राष्ट्रपति भण्डारीले आयोगको अध्यक्ष माधवप्रसाद रेग्मी (झापा)सहित अन्य ४ जना सदस्यहरु नियुक्त गरेकी हुन् । त्यसैगरी सदस्यहरुमा माधव वेल्बासे (कपिलवस्तु), बीर बहादुर राई, (इलाम), दिनेश सिलवाल, (ललितपुर) र मञ्जु कुमारी (महोत्तरी) रहेका छन् ।
यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्तहरु समेत नियुक्त भएका छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २३८(२) बमोजिम डा. हरि पौडेल (बागलुङ) र डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू) ललितपुर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया