मौलापुर नगरसभा झडप : १४ राउण्ड हवाइ फायर, दुई असईसहित ९ प्रहरी घाइते

लोकपथ
3.1k
Shares

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएपछि प्रहरीले २३ राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।

नगरसभालाई अवरुद्ध गर्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले समूहलाई नियन्त्रणमा लिन २३ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी)सिद्धि विक्रम साहले लोकपथलाई जानकारी दिए ।

May be an image of one or more people, people standing, motorcycle, tree and road

“झडप २ पटक गरेर भएको हो ।  प्रहरीले २३ राउण्ड अश्रुग्यास र १४ राउण्ड हवाइ फायर गरेको छ । अझै विवाद साम्य भएको छैन ।” एसपी साहले बताए ।

May be an image of one or more people, people standing, outdoors and tree

झडपमा सशस्त्र प्रहरीका एक असई र जनपथ प्रहरीका एक असई सहित ९ जना प्रहरी घाइते भएका एसपी साहले बताए ।

हाल झडप भएको स्थानमा सशस्त्र प्रहरीका ८०० जना र नेपाल प्रहरीका १००० प्रहरी तैनाथ भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

May be an image of 1 person, standing and outdoors

तनाबकैबीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ । मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?